बिर्तामोड ।

 प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले उपचार कोषलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेका छन् । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई १५ हजार रुपैयाँ सहयोग गरेका हुन् । 

चौतारीका केन्द्रीय उपाध्यक्ष अधिकारीले संगठनका झापा जिल्ला अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम प्रदान गरेका हुन् । झापाको एक कार्यक्रममा उनले घोषणा गरेको सहयोग रकम आज पठाएका अध्यक्ष परियारले जानकारी दिए। 

पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको पत्रकार उपचार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिइन् । उनका अनुसार कोषमा विभिन्न क्षेत्रमा रहेर सामाजिक काम गर्ने अगुवा, राजनीतिक दलका नेताहरु, संघ संस्था, व्यक्तिहरुले विशेष अवसरहरुमा कोषलाई सहयोग गर्दै आएका छन् । 

कोषमा हालसम्म साढे ६ लाख रुपैयाँ संकलन भइसकेको छ । कोषमा संकलित सहयोग रकमको व्याजबाट पत्रकारहरुलाई उपचारमा सहयोग गर्ने गरिएको छ । संयोजक शिवाकोटीले सदस्य बन्न बाँकी पत्रकारहरुलाई सदस्यता लिन आव्हान गरेकी छन्  । आजै पत्रकार किशोर उपरकोटी, तीर्थराज खरेल र संगिता उप्रेती उपचार कोषको सदस्य  भनेका प्रेस चौतारी झापाको उपाध्यक्ष सुनिरा मैनालीले जानकारी दिइन् ।