झापा । 

झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारी स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र  बिपरीत दिशावाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । आज (बिहीवार) ३ः४० बजेको समयमा भएको दुर्घटनामा  स्कुटी चालक कचनकवल गाउँपालिका–३  का ६० का श्रीप्रसाद राजबशी र तक्काल नाम ठेगाना नखुलको मोटरसाइकल चालकको मृत्यु भएको हो । 

 स्कुटीमा पछाडि सवार सोही स्थानकी  मृतककी बुहारी २७ बर्षिया उर्मिला राजबशी र उनका ३ बर्षिय छारो आयुष राजबशी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । घाइते आमाछोराको बोल्न नसक्ने अवस्थामा झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनापछि स्कुटर चालक राजवंशी र मोटरसाइकल चालकलाई  उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएकोमा ४ः४० बजे दुबै चालकको मृत्यू भएको बताइएको छ ।

लास तत्काल सोहि अस्पतालमा रहेको थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली गएको बताइएको छ ।   दुबै सवारी साधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।