झापा ।
झापामा गोली प्रहार गरी लागूऔषध कारोवारीलाई पक्राउ गरिएको छ । भद्रपुर नगरपालिका–७ स्थित चिया पसल नजिक हुलाकी लोकमार्गमा मंगलबार साँझ ५ः२० बजेको समयमा होली प्रहार गरी दुई जना लागूऔषध कारोवारीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टावाट खटिएको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाको आधारमा उक्त पसल पसल अगाडी शंकास्पद रुपमा रहेको अवस्थामा चेकजाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गरी भाग्न खोज्दा नियन्त्रणमा लिनको लागि पेस्तोलवाट जम्मा ६ राउण्ड गोली फायर गरेको थियो ।
पक्राउ पर्नेमा भारत बिहार राज्य, किशनगञ्ज जिल्लाका ३५ बर्षिय मनिसुर आलम प्लाष्टिक बाहेक १०३ ग्राम ७० मिलि ग्रामसहित र कचनकवल गाउँपालिका–५ का ५५ बर्षिय नशरुदिन मियाँ प्लाष्टिक बाहेक १०२ ग्राम १० मिलि ग्रामसहित छन् ।
प्रहरीले चलाएको गोली लागेर नशरुदिन मियाको दाहिने खुट्टाको पिड्युलामा १ राउण्ड गोली लागेर सामान्य घाईते भई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा सामान्य उपचारपछि डिस्चार्ज भई प्रहरी कार्यालयमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएर तलासी गर्दा उनीहरुको साथवाट ब्राउन सुगर जस्तो देखीने लिसाईलो पदार्थ फेला पारी बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालाय झापामा ल्याएर राखीएको प्रहरीले जनाएको छ ।