झापा ।
झापाबाट एक जना भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन् । आज (मंगलबार) बिहान ८ः५० बजेको समयमा मेचीनगर–६ बाट मेची भन्सार कार्यालयको परिसर भित्रबाट उनलाई हतियारसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलिगुडी का २५ को प्रतिक अग्रवाल छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म काँकरभिट्टा झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले सवारी साधनहरु तथा यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा ती भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको हो ।
अग्रवालले चलाएर ल्याएको WB 74 AJ 0400 नम्बरको होण्डा कम्पनीको कलेजी रंगको स्कुटरको डिकी भित्र लुकाई छिपाई राखेको अवैध हतियार Air Pistol थान १ र उनले बोकेको घ्यू रंगको सानो छालाको साईड ब्याग भीत्र रहेको प्लास्टिकको पोकोमा रहेको १८ थान सो हतियारमा लाग्ने मेटल बुलेट र उनको साथमा रहेको थियो ।
उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।