झापा ।
जंगली हात्तीले झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ मनकामना टोलमा क्षति पुर्याएको छ । आज (मंगलबार) बिहान ३ बजेको समयमा आएको हात्तीले भान्साघर भत्काएर खाद्यन्न खाएर क्षति पुर्याएको हो ।
खड्काको भान्सा घरमा जंगली एउटा जंगली हात्ती आएर उक्त भान्सा घर भत्काई भान्सा घरमा रहेको खाद्यन्न, अन्य सर–सामान गरी ५० हजार रुपैयाँ बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।
जंगली हात्तीले क्षति गरेको भन्ने खबर बिहान ६ः४५ बजेको समयमा प्रहरी चौकी बाहुनडाँगीमा प्राप्त हुन साथ प्रहरी टोली घटना स्थलतर्फ गएर अनुसन्धान गरेको छ । उक्त हात्ती जंगल तर्फ गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।