झापा । 

झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित मानब सेवा आश्रममा एक जनाको मृत्यु भएको छ । आइतवार झापा भद्रपुर नगरपालिका–१० मा बेवारिसे रुपमा हिडडुल गरिरहेको अवस्थामा तत्काल वतन नखुलेको ५० बर्षिय भुन्टे कुर्मि भन्ने ब्यक्तिलाई उद्धारा गरी आश्रममा लगिएको थियो । 

भद्रपुर नगरपालिकाद्वारा उद्दार गरी मानब सेवा आश्रममा बाहुनडाँगीमा लगेर राखिएको उनको आज (सोमवार) ३ दिनको बजे मृत्यु भएको हो । 

सोहि आश्रममा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । अनुसन्धानलगायत कार्यको लागि  इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी अधिकृतको  टोली घटना स्थल गएको छ । लाश पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर  पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।