दुर्गापुर । 

झापाको कनकाईमा सञ्चालित ३ महिने  निःशुल्क प्रोफेशनल आईटी एन्ड कम्प्युटर ट्रेनिङ्ग कोर्ष सम्पन्न भएको छ ।  कनकाई नगरपालिका –७ को ५० हजार आर्थिक सहयोगमा कनकाई– ७ स्थित कनकाई पोलिटेक्निकल ईन्स्टिच्युट दुर्गापुरमा  ६२ जना विद्यार्थीलाई निःशुल्क  प्रोफेशनल आईटी एन्ड कम्प्युटर ट्रेनिङ्ग कोर्स तालिम दिइएको थियो ।

गत बैशाख २० गतेबाट सुरु गरिएको विभिन्न विधाको प्रोफेशनल आईटी एन्ड कम्प्युटर ट्रेनिङ्ग कोर्समा कम्प्युटर सम्बन्धि विभिन्न सिकाईसहित मर्मत, सिसि क्यामेरा जडानदेखि मर्मत, फोटोकपी मेसिन मर्मतसम्मका विभिन्न सीपमुलक निःशुल्क सिकाई तालिम दिएको कनकाई–७ का वडाध्यक्ष भीष्मभूषण सिटौलाले जानकारी दिए ।

तालिममा २५ जना छात्रा  र ३७ जना छात्र  गरि कुल ६२ जनाको सहभागीता रहेको थियो । ६२ जना छात्र–छात्रालाई नै छुट्टाछुट्टै कम्प्युटर सम्बन्धि, नेटवर्किन्ङ्ग सम्बन्धि र  ईलेक्ट्रीकल्स सम्बन्धि ट्रेनिङ्ग दिइएको थियोे । 

कम्प्युटर सम्बन्धि सागर अधिकारी, नेटवर्किङ सम्बन्धि भेषराज लामिछाने र ईलेक्ट्रीकल्स सम्बन्धि तालिमको प्रशिक्षक रमेशकुमार घिमिरे रहेका थिए ।  सहभागी छात्रा तथा छात्रको परिक्षा लिखित समेत भएको थियो ।