बुधवारे । 

सामाजिक सञ्जालमा पोष्ट गरिएको किर्ते सर्जिमिनको कागजातमा हस्ताक्षर गरी प्रमाणित गरेको भन्ने बिषयमा बुद्धशान्ति गाउँपालिका–१ को कार्यालयले आपत्ति जनाएको छ । 

गत असार १९ गते बुद्धशान्ति–१ को कार्यालयले किर्ते कागजातका हस्ताक्षर भन्ने बिषयमा बुद्धशान्ति साप्ताहिक नामक पेजबाट पोष्ट भएको बिषयलाई लिएर वडा कार्यालयको ध्यानाकर्षण भएको छ । बुद्धशान्ति–१ को कार्यालयले आज (आइतवार) कार्यालय परिसरमा पत्रकार सम्मलेन गर्दै तथ्यहिन, भ्रामक, एकतर्फी, कपोकल्पित  र मनगढन्ते समाचार भएको भन्दै घोर आपत्ति जनाएको हो । 

उक्त पोष्टमा उल्लेखित वडाध्यक्ष अनिल वाग्ले र वडा सदस्य लक्ष्मी कँडेलले भत्ताका लागि घरैमा बसेर किर्ते सर्जिमिनमा हस्ताक्षर गरेको भन्ने लेखेको वडाकार्यालयबाट जारी बिज्ञप्तिमा उल्लेख छ । तल उल्लेखित घटना सम्बन्धित निवेदकले आफै कागजात किर्ते गरेको भन्ने सोहि पोष्टमा पनि लेखिएको पनि वडा कार्यालयले जनाएको छ । संलग्न कागजात निवेदकले आफै कृते गरेको भन्ने सोहि पोष्ट मार्फत पनि पुष्टि गरेको उक्त पोष्टप्रति घोर आपत्ति र खेद व्यक्त गरिएको छ । 

‘पोष्टमा नियोजित रुपमा बदनियत तरिकाले वडा कार्यालयलाई दोशी जिकिर गर्दै एक पक्षिय कुरामात्र लेखिएको छ । हालसम्म यो प्रकरणमा बुद्धशान्ति साप्ताहिकबाट विभिन्न पोष्टहरु प्रकाशित भए तर पनि घटनामा संग्लन व्यक्तिको विवरण अझैपनि सार्वजनिक नहुनु ? कुन जग्गा? को व्यक्ति ? को निवेदक ? लगायतका विषय नखुलाउनुले नियोजित रुपमा एकतर्फी वडा कार्यालय र जनप्रतिनिधिलाई बदनाम गर्ने उद्देश्यले गरीएको आक्रमण हो ।’ जारी बिज्ञप्तिमा भनिएको छ । 

घटनामा संग्लन अर्को पक्ष  अर्थात भोजराज भट्टराई र उनका छोरा उमेश भट्टराईले गरिएका कार्य किन सार्बजतिक भएन ? यो गम्भिर प्रश्न बनेको छ । निवेदक भोजराज भट्टराई र उनका छोरा उमेश भट्टराई बुद्धशान्ति साप्ताहिक पेजका सम्पादक भनिने रोशन भट्टराईकै नाताले ठूलोबुवा (बडिवा) तथा दाजु उमेश भट्टराई भएकै कारणले लुकाइनु कुन हदसम्मको पत्रकारिता हो कि आफ्नै परिवारले गरेको किर्ते प्रकरणको गल्ति ढांक छोप गर्न बडाकार्याललाई बदनाम गराई घटनालाई विषयान्तर गराउनु भएको वडाले जनाएको छ । 

एक पक्षीय, भ्रामक, कपोकल्पित, जनप्रतिनिधिको फोटो सहितको स्टाटस लेखी अफवाह फैलाउने फेसबुक पेजहरु माथि कार्वाहीको जोडदार माग वडाले गरेको छ । 

गत असार ४ गतेका दिन निवेदक भोजराज भट्टराई र उनका छोरा उमेश भट्टराई वडा कार्यालयमा उपस्थित भई वुवा स्व. हरि भट्टराई मेरो बुवा मसँग वसेको मैले पालनपोषण गरेको र मृत्यु पश्चातको काजक्रिया समेत मैले गरेको र उक्त बाबुको नामको अंश सबै मेरा दाजुभाईले लिइसकेका बाँकि रहेको कि.न. ३३१८ को ०–३–१९ जग्गा नामसारी गरी पाउँ भनि निवेदन दिएको वडा कार्यालयले जनाएको छ । उक्त निवेदनमाथि वडा कार्यालयका कर्मचारी झलक परिवारले साक्षीहरुको उपस्थितिमा एक सर्जमिन मुजुल्का तयार गरेको बताए । 

‘कोकिला फन्टको प्रयोग गरि लेखिएको पहिलो पानामा निवेदनको व्यहोरा र दोस्रो पानामा साक्षिको विवरण परिवारको हकवालालाई हस्ताक्षर रहने गरीको सर्जमिन मुजुल्का तयार गरी हक छाड्न हस्ताक्षरका लागि वडामा उपस्थित गर्नुपर्छ र मालपोत कार्यालय भद्रपुर झापामा समेत हकछाड्न परिवारको हकवाला सबै लैजानुपर्छ नत्र उक्त जग्गा नामसारी हुँदैन मनी साक्षीहरुलाई सहिछाप गराई परिवारको सदस्य झिकाउन भनिएको थियो ।’ बिज्ञप्तिमा भनिएको छ ।  कार्यालयमा सेवाग्राहीको चाप बढी भएकाले अन्य सेवाग्राहीको काममा संलग्न भएको बेला आफुलाई नै जानकारी नदिई उक्त सर्जमिन टेवलवाट झिके लगेको कर्मचारी परियारले बताए । 

सो सर्जमिनमा सही गर्न वडा कार्यालयमा आएका साक्षीहरु डेगनाथ सापकोटा, सुन्दरकुमार थापा, सुजता चापागाई, चन्दकला सुवेदी र यमुनादेवी सापकोटाकोलाई पुनः भोलिपल्ट मेरो हिजोको सर्जमिनमा कहि विवरण फरक परेको र बरु कागज मसँगै रहेको यो मात्र कागजमा हस्ताक्षर गरिदिनु पर्ने भयो भनीसवै साक्षीहरुको घर घरमा गएर निवेदक भोजराज भट्टराईका छोरा उमेश भट्टराईले पुन सहि गर्न लगाएको भन्दै दोषी उपर कार्वाहीका लागि साक्षीहरुले वडा कार्यालयमा  गत असार १९ गते निवेदन दर्ता गराएको वडाध्यक्ष वाग्लेले जानकारी दिए । 

बुद्धशान्ति साप्ताहिक पेजमा भएको वडाले कृते सर्जिमिन गरी पठाएको भन्ने समाचार देख्न साथ वडा कार्यालयले उक्त सक्कलैं कागजात नियन्त्रणमा लिइसकेको बताइएको छ । कर्मचारी परियारलाई उक्त विषयमा स्पष्टिकरण माग्दा आफुले तयार गरिएको सर्जमिन जानकारी नदिई मेरा टेवलबाट लगेको र तयार गरिएको सर्जमिनको विवरण तोडमोड गरि दोस्रो पानामा अर्के फन्ट प्रयोग गरि उक्त सर्जमिनमा कामतामेली हस्ताक्षर समेत कृते गरिएकोले कानुनी प्रकृया अगाडि बढाई पाउँ भनी बुद्धशान्ति गाउँपालिकामा आफूले निवेदन दर्ता गराइसकेको जानकारी वडालाई दिएका गराएका छन् ।

वडाको बैठकले उल्लेखित बिषयमा असार २० गते निर्णय गरी झुटो सर्जिमिन तयार गरी कामतामेली कर्मचारीको हस्ताक्षर समेत कृते गरेको सिंगो वडालाई समेत छली प्रमाणित गर्न लगाउने  जोकोहीलाई कानुनी दायरामा ल्याएर कार्वाही  गर्न माथिल्लो निकायमा सिफारिश गर्ने निर्णय सहितको पत्र माथिल्लो निकायमा पठाईएको वडा कार्यालयले जनाएको छ । 

यस्ता झुटा विवरण तयार गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याएर कार्वाही गर्न सम्पूर्णको ध्यानाकर्षण गरिएको वडाले जानकारी दिएको छ । गलत कार्य गर्ने सामाजिक सञ्जालमा बास्तविकता नबुझि एक पक्षिय अफवाह फैलाउने बिरुद्ध तत्काल कानूनी उपचारमा जानेसमेत वडाले जनाएको छ । 

यता, बुद्धशान्ति साप्ताहिकका रोशन भट्टराईले आधार प्रमाणसहित फेसबुक पेजमा पोष्ट हालिएको बताएका छन् । उनले जग्गाजस्तो संवेदनशील विषयमा परिवारका सदस्यसँग एक पटक पनि नसोधिएको बताएका छन् ।

‘हामीले आधार प्रमाणहरु सुरक्षित राखेका छौं‘ भने ‘हामी आवश्यक परेको समयमा प्रमाण पेश गछौं ।‘ परिवारका तर्फबाट बुद्धशान्ति गाउँपालिकाको न्यायिक समिति र अदालतमा मुद्दा दर्ता गरेको भट्टराईले बताएका छन् ।