बिर्तामोड ।
कोचिला राष्टिय मुक्ति मोर्चा नेपाल केन्द्रिय पदधिकारी तथा कार्यसमिति सदस्यको नेतृत्व चयन भएको छ । मोर्चाको अधिवेशनपछि भएको बन्दसत्रले केन्द्रिय नेत्यु टुङ्गो लगाएको हो ।
मोर्चाको इन्चार्जमा पूर्णप्रसाद राजबंशी, सह–इन्चार्जमा कृतिकुमार राजबंशी र रणकुमार राजबंशी चयन भएका छन् भने अध्यक्षमा ममता ताजपुरिया राजबंशी चयन भएकी छन् ।
यसैगरी बरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र राजबंशी, उपाध्यक्षमा सुलोचना राजबंशी, तारा ओझा राजबंशी, आसिराम राजबंशी चयन भएका छन् भने महासचिवमा पुकार चन्द्रसिंह राजबंशी चयन भएका छन् ।
त्यस्तै उप–महासचिवमा मनोजकुमार राजबंशी, प्रल्हाद चन्द्रबंशी, अत्यानन्द राजबंशी र कोषाध्यक्ष हिरा राजबंशीसहित ६५ सदस्यीय केन्द्रिय समिति चयन भएको महासचिव पुकारचन्द्रसिंह राजवंशीले जानकारी दिए ।