लक्ष्मीपुर ।
झापाको कनकाई नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मीपुरमा भेटिएका एक बृद्धको उद्धार गरिएको छ । गएराति ९ बजेको समयमा भेटिएका ती बृद्धले स्पष्ट आफ्नो नाम ठेगानासम्म भन्न नसक्ने अवस्थामा छन् ।
अन्दाजी ६०÷६५ बर्षिय बृद्धको आज (आइतवार) बिहान अर्जुनधारा नगरपालिका–६ महानन्द चौकमा रहेको आफ्नो घर आश्रममा उद्धार गरी पठाइएको हो ।
गएराति कनकाई–८ स्थित लक्ष्मीपुरमा ९ बजे भेटिएका ती बृद्धलाई अर्जुनधारा–५ लक्ष्मीपुरमा कोठा भाडा गरी बस्ने सोमनाथ मिश्रको घर राति राखिएको थियो । उनलाई मिश्रको परिवारले खाना र बस्न दिएका थिए । एउटा ब्यागका साथमा उनी भेटिएका र उनलाई नाम ठेगाना सोध्दा बुझिने गरी नाम ठेगाना नभनेपछि मिश्रको परिवारले आज बिहान छरछिमेकमा खवर गरेका थिए ।
स्पष्टसँग आफ्नो नाम र ठेगानासम्म भन्न नसक्ने उनलाई स्थानीय सामाजिक अभियान्ता टेकबहादुर गिरीको सहजीकरणमा महानन्द चोकको आफ्नो घर आश्रममा पठाइएको छ । गिरीले उनलाई अटोमा राखेर आफ्नोघर आश्रममा लिएर गएका छन् ।
झापा कनकाई नगरपालिका–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, प्रहरी बिट लक्ष्मीपुरका प्रहरीको रोबहरमा अभियान्ता गिरीले उनलाई आफ्नो घर आश्रम लिएर गएका हुन् ।