बिर्तामोड । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको प्रथम अधिवेशन बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनबाट झापा जिल्ला अध्यक्षमा छत्रबहादुर रायमाझी (केदार) लाई सर्वसम्मत चयन गरेको हो । आज (शनिवार) भएको अधिवेशनले रायमाझीको नेतृत्वमा १७ सदस्य कमिटी सर्बसमत निर्वाचित गरेको हो । 

अधिवेशनले संगठनको उपाध्यक्षमा दुर्गा खडका,   सचिवमा धनबहादुर गिरी,  सह–सचिवमा टेकनाथ खतिवडा र कोषाध्यक्षमा सुदर्शन थापालाई सर्वसम्मत चयन गरेको छ ।  

यसैगरी सदस्यमा राजकुमार सुवेदी, जयप्रकाश उठाउन, करण पोख्रेल, मदन खड्का, डिल्ली अधिकारी, यामनाथ भण्डारी, बिक्रम खनाल, मनोज बस्नेत, नरेन्द्र राजवंशी, कमला श्रेष्ठ (सोमिता), लोकनाथ निरौला र याम तिमिल्सिनालाई सर्वसम्मत चयन गरेको छ ।   छत्र बहादुर रायमाझी (केदार) को अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष भीम ज्वाला राईको प्रमुख आतिथ्य रहेको थियो । 

प्रमुख अतिथि राईले उद्घाटन गरेको कार्यक्रममा संगठनका निवर्तमा अध्यक्ष राजिब घिमिरे, जिफन्ट राष्ट्रिय कमिटी सदस्य सन्तकुमार राई, व्यवसायिक नेता राजेन्द्र रिजाल, संगठन केन्द्रीय सल्लाहकार हस्त राई, संगठनका कोशी प्रदेश अध्यक्ष गौरी लामा, ट्राफिक प्रहरी झापाका प्रमुख गणेश पौडेल, अखिलका हरि निरौला लगायतका नेताहरुले सार्वजनिक सवारी, सवारी ऐन, दुर्घटना न्यूनिकरणलगायतका बिषयमा आ–आफ्नो भनाई राखेका थिए ।   स्वागत राजकुमार सुवेदीले गरेको कार्यक्रमको सञ्चालन धनबहादुर गिरीले गरेका थिए ।  

कार्यक्रममा पूर्व अञ्चल अध्यक्षहरु र संगठनलाई हरेक  सुखदुःख  तथा रचनात्मक कार्यक्रममा सयोग पुर्याउने सयोगीहरुलाई समान गरिएको थियो । त्यस्तै उत्कृष्ट चालकका रुपमा मकर भुजेललाई सम्मान गरिएको छ ।