झापा ।
अहिले साँझ झापा मेचिनगर नगरपालिका–१२ माथिल्लो धाइजनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
माथिल्लो धाईजनस्थित मेची हाईवेमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह. ५५७१ नम्बरको अटो र बिपरीत दिशाबाट आउँदै गरेको मे.८ प. ८०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।
आज (शनिवार) साँझ भएको दुर्घटनामा अर्जुनधारा नगरपालिका–११ का अन्दाजी ३४ बर्षिय भीमबहादुर सार्की घाइते भएका थिए । घाइते उनलाई बीएण्डसी अस्पताल अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले ५ः५० बजे मृत घोषणा गरेको छन् ।
अटोमा सवार बुद्वशान्ति गाउँपालिका–३ की ४९ बर्षिया निर्मला बिक र उनको छोरी अन्दाजी १७ बर्षिया दिपा बिक दुबै जानको बाहिरी चोट नदेखिएको, शरिरको बिभिन्न भागमा भित्री चोट लागि घाईते भई बिएण्के पोलिकिल्निक चारआली झापामा उपचार भइरहेको छ ।
अटो चालक बुद्वशान्ति –१ का अन्दाजी ४० बर्षिय युवराज घिमिरे, अटो र मोटरसाइकल प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको जनाइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।