झापा ।
झापाको भद्रपुर नगरपालिका–३ देउनिया खोला र मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–२ महारानी चोकका अर्जुन लिम्बुको छोरा अन्दाजी १२÷१३ को अर्पण लिम्बुको पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
आज (शनिवार) दिनको ३ बजेको समयमा पौडी खेल्न गएका अपर्ण मृत फेला परेका हुन् । साथीहरुँंग पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका अपर्ण खोजतलास गर्ने क्रममा डुवेर मृत अवस्थामा फेला परेका छन् ।
पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएको जानकारी प्राप्त हुना साथ प्रहरी चौकि किच्चकवधबाट खटिएको प्रहरी टोलीले स्थानियहरुको सहयोगमा खोजतलास गर्ने क्रममा आज ४ः२५ बजे सोही स्थानमा डुवेर मृत अवस्थामा फेला परेको थियो ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट अधिकृतसहितको घटना स्थल गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।