झापा ।
झापाको मेचीनगर नगरपालिका–७ पालिया टोलस्थित भित्रि सडक खण्डमा भएको सवारी दुर्घटनाका घाइतेको मृत्यु भएको छ । गत असार १५ गते बिहान १०ः३० बजेको समयमा भएको सवारी दुर्घटनाका घाइते मेचीनगर–७ नयाँ वसपार्कका ४० बर्षिय सुदिप राजबंशीको आज (शनिवार) ११ बजे मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गबाट बसपार्क तर्फ जाँदै गरेको मे १ ह ६१०५ नम्बरको सिटि आफै अनियन्त्रित भई रोडमा पल्टिदा उक्त सिटिमा सवार राजवंशी घाइते भएका थिए ।
घाइते उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगीएको थियो । सामान्य उपचार पश्चात थप उपचारको लागि ओमसाई पाथिभारा अस्पताल भद्रपुर लगिएको थियो ।
ओमसाई पाथिभारा अस्पताल भद्रपुरमा उपचारको क्रममा घाइते राजबंशीको मृत्यु भएको हो । घटनामा संलग्न सिटी र सिटी चालक मेचीनगर नगरपालिका–७ का अन्दाजी ४५ बर्षिय नबिन बिश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।