झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० ढाड चोकस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज (शनिवार) बिहान ९ः३० बजेको समय दुर्घटना भएको थियो ।
सोही स्थानको महामती फर्नीचर उद्योगबाट नागाडुव्वातर्फ जाँदै गरेको प्र.१ ०१ ००२ ह ७१०५ नम्बरको सिटी सफारी आफै अनियन्त्रीत भई दुर्घटा भएको हो ।
दुर्घटनामा सिटी चालक झापा मेचीनगर नगरपालिका ११ अन्दाजी ३२ बर्षिय राज कररिया घाईते भएका थिए । घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारकै क्रममा उनको १०ः३० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको हुन् ।
उक्त सिटीमा अरु कोहि सवार नरहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।