सुरुङ्गा । 

 झापाको कनकाई नगरपालिकामा अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री हस्तान्तरण गरिएको छ । कनकाई नगरपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको त्रिपक्षिय साझेदारीमा कनकाईमा १४ प्रकारका  ९८ जना अपांगता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायक सामग्री हस्तान्तरण गरिएको हो । 

आज (शुक्रवार) नगर परिषरमा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा आयोजित एक कार्यक्रमकाबीच  उक्त सामाग्री वितरण गरिएको हो । कनकाईमा कुल ११ सय ९५ जना अपाङ्गता भएका व्यक्ति भएपपनि आवश्यकताका आधारमा नगरका सबै वडाका ९८ जनालाई १४ प्रकारका सहायक सामाग्री बितरण गरिएको थियो । 

अपाङ्ताका लागि व्हिल चियर २४ थान, सिपि व्हिल चियर ४ थान ,वैशाखी ९ थान, वाकर २५ थान, रोलेटर २ थान, ट्राईपोर्ट १ थान, वाट्रिपोर्ट ३ थान, ट्राईसाईकल ३ थान, सिपि चियर १ थान, एल स्टिक १० थान,वेड मोवेलर २ थान ,एयर मेट्रस १ थान, स्पाईरो मिटर १ थान  र ट्वाईलेट चियर १२ गरि कुल १४ प्रकारका ९८ जनालाई सहायक सामाग्री हस्तान्तरण गरिएको जनाएको छ ।  

समाजमा आजको आवश्यक्ता, अपाङ्गता स्वीकार्यता, समावेशी सीप र समानता नारासहित नगरपालिकाका विभिन्न वडाका अपाङ्गता भएका नागरिकहरुलाई नगर प्रमुख पोखरेलले  सहायक सामग्री हस्तान्तरण गरेका थिए । 

अपाङ्ता भएका नागरिकहरुलाई सहायक सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले यस प्रकारको सहयोगले अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनलाई सहज पार्ने गरेको बताए ।

‘अपाङ्गता भएकाहरूलाई एक ठाउँबाट अर्को ठाउँ आउजाउ गर्न असहज भइरहेको हुन्छ, नगर प्रमुख पोखरेलले  भने ‘सहायक सामग्रीले एक ठाउँबाट अर्को आउजाउ गर्ने समस्या समाधान गर्छ ।’ यस प्रकारको सहयोगले आमनागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुने गरेकोले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने समेत प्रतिवद्वता व्यक्त गरे ।

सहायक हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, नगरका नौ वडै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु विभिन्न वडाका टोल विकास समितिका संयोजक तथा  प्रतिनिधि, नगर कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कर्मचारी चेतन आचार्यले गगरेका थिए ।