हल्दीबारी ।
हल्दीबारी गाउँपालिकाले पालिका गान सार्वजनिक गरेको छ । पालिकाले सूचना प्रकाशन गर्दै पालिका गान लागू भएको जनाएको छ । हल्दीबारी गाउँपालिकाको १९ औं गाउँसभाको गत असार ९ गतेको निर्णयानुसार ‘हाम्रो हल्दीबारी राम्रो हल्दीबारीको’ स्थानीय पालिका गान सर्वसम्मत स्वीकृत गरेको थियो ।
हल्दीबारीको पालिका गान हल्दीवारी गाउँपालिकाका सबै वडा, सामुदायिक तथा संस्थागत विद्यालयहरु, स्वास्थ्य संस्थाहरु सबैमा लागू भइसकेको विहीवार पालिकाले सूचना जारी गर्दै जनाएको छ ।
पालिका गान लागू भइसकेकोले जारी सूचनालाई आधार मानी हल्दीबारी गाउँपालिका क्षेत्र भित्रका सम्बन्धित सबै निकायहरुमा समेत राष्ट्रिय गान बजाई सकेपछि पालिका गान बजाई अनिवार्य रुपमा लागू सम्बन्धित सबैमा सार्वजानिक सूचना प्रकाशित गरिएको छ ।
हाम्रो पालिका गानको अडियो तथा टेक्स हार्ड कपी सामग्री हल्दीबारी गाउँपालिकाको वेवसाईट www.haldibarimun.gov.np मा राखिएकोसमेत पालिकाले जानकारी दिएको छ ।