झापा । 

पूर्वी नाका काँकरभिट्टाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । गएराति ९ बजेको समयमा झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागूऔषधका साथमा मोटरसाइकलसहित एक जना पक्राउ परेका हुन् । 

 लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपाल तर्फ आउँदै गरेको मे.८ प. १५८५ नम्बर टिचिएस मोटरसाइकलसहित मेचीनगर–१४ धाईजनको गोलबारीका २६ बर्षिय सरोज लामिछानेलाई पक्राउ गरेको हो । 

भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका लामिछानेलाई शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलको च्यासिसको भागमा रहेको प्वालभित्र सेतो रंगको प्लाष्टिकको पोकापारी लुकाई छिपाई राखेको खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

डिजिटल तराजुबाट नापतौल गर्दा प्लाष्टिक बाहेक ४ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ, मोटरसाइकल र लामिछानेलाई नियन्त्रणमा लिएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।