झापा ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा आगलागी भएको छ । आगलागीबाट एकलाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति ११ः३० बजेको समयमा आगलागी भएको थियो ।
बिर्तामोड नगरपालिका–५ कृषीथोक बजारभित्र रहेको सोही स्थानका पप्पुकुमार साहले सञ्चालन गरेको श्रीयान्स किराना स्टोरमा बिद्युत सर्ट भएर आगलागी भएको थियो ।
आगलागीबाट पसल भित्र रहेको बिभिन्न किराना सर–सामानहरु आंशिक रुपमा जलेर क्ष्ाित हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगलागी पूर्ण रुपमा नियन्त्रण भएको आज (बिहीवार) बिहान ८ः३० बजे जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोली घटना स्थल पुगेको थियो । प्रहरी टोलीले थप अनुसन्धान तथा घटनाको मुल्चुका गरिसकेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।