झापा ।
झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज (बिहीवार) बिहानको राति ३ः४५ बजेको समयमा जंगली हात्तीको आक्रमणबाट बिर्तामोड–७ फक्तालुङ्ग बस्ने ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो ।
आफ्नै घरमा रहेका लिम्बू शौचालय जाने क्रममा जंगली हात्तीसँग जम्काभेट भई आक्रमण गरेको स्थानीयवासीहरुले बताएका छन् ।अचानक एउटा जंगली हात्तीले किचेर लिम्बूको घटना स्थलमा नै मृत्यु भएको र सो हात्ती दक्षिण दिशातर्फ भागेको प्रहरीले जनाएको छ ।
अथाई प्रहरी चौकी गरामनीको टोली गएर घटनास्थल सुरक्षित राखिएको थियो भने थप अनुसन्धान तथा कानुनी प्रकृयापछि शव पोष्टमार्टमा लागि प्रदेशिक अस्पताल भद्रपुर पठाएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।