बिर्तामोड ।
झापाको मेचीनगरस्थित धुलावारीमा रहेको दि एब्सल्यूट प्रोफेसनल स्पा एण्ड सैलुन (थाई स्पा) ले बिर्तामोडमा सेवा बिस्तार गरेको छ । धुलाबारीमा २ बर्ष अघि सञ्चालनमा आएर सफलता पूर्वक सेवा दिदै आएको सैलुनले बिर्तामोडको मेघा कम्प्लेक्समा शाखा सञ्चालन गरेको हो ।
सैलुनको आज (मंगलबार) बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने र नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका संघका अध्यक्ष न्यौपाले कार्यक्रमलाई सम्बोधन गर्दै शारिरिक ब्याम अहिलेको जीवनशैलीको लागि अति आवश्यक रहेको बताएका छन् । उनले कतिपय रोग औषधीले मात्र ठिक नहुने भएकाले फिजियो थेरापी पनि आवश्यक रहेको बताए । उनले बिर्तामोडमा पनि उक्त सैलुनले सेवा बिस्तार गरेको भन्दै उत्तरोउत्तर प्रगतिको कामनासहित सफल व्यवसायको शुभकामनासमेत दिएका छन् ।
सैलुनले स्पोर्टस् मसाज, वारियर थाई, डिस्टेस्टस, अरोमा थेरापी, हट स्ट्रोन थेरापी, पोट्लीलगायतका सेवा दिने सञ्चालक निमा लामाले जानकारी दिए । उनका अनुसार मानव स्वास्थ्यलाई ध्यानमा राखेर सेवाग्राहीको माग र आवश्यकता अनुसार बिर्तामोडमा पहिलो शाखा सञ्चालन गरिएको हो । त्यस्तै सञ्चालक सुश्मा लामाले रोग लाग्न नदिन शारिरिक ब्याम अति आवश्यक रहेकाले तालिम प्राप्त कर्मचारीको साथमा सैलुन सञ्चालनमा ल्याएको बताइन् । उनले हाल बिर्तामोडमा आजबाट सञ्चालनमा आएको शाखामा ५ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै आवश्यकता अनुसार कर्मचारी वढाउँदै लगिने बताइन् ।
उद्घाटन कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, वीरता जेसीजका पूर्व अध्यक्ष प्रविण खड्का, मेघा कम्प्लेक्सका व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।