भद्रपुर ।
लियो क्लब भद्रपुरको अध्यक्षमा सुगम गिरी निर्विरोध चयन भएका छन् । सोमबार भएको निर्वाचन प्रक्रियाबाट हल्दीबारी गाउँपालिका–३ निवासी गिरी निर्विरोच चयन भएका हुन् । गिरीको नेतृत्वमा एक वर्षीय कार्यकालका लागि क्लबको नयाँ कार्यसमिति चयन गरिएको हो ।
क्लबको उपाध्यक्षमा आराध्या प्याकुरेल, सचिवमा आदित्य दास र कोषाध्यक्षमा मनिष पौडेल निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरूमा कुशल महत, सुबोध यादव, आशुतोष शर्मा, रोहित राजपूत, गौरव चौधरी, प्रतीक रौनियार शाह र सागर गौतम चयन भएका छन् ।
नवगठित कार्यसमितिको नेतृत्व सम्हाल्दै अध्यक्ष गिरीले आफ्नो कार्यकालमा क्लबलाई अझ सशक्त र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले समुदायमा सकारात्मक परिवर्तन ल्याउनका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको बताए ।
उनका अनुसार रक्तदान कार्यक्रम, विपन्न वर्गलाई सहयोग, सरसफाइ अभियान, शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, युवाहरूलाई विभिन्न प्रकारका तालिम तथा परामर्श, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, वातावरण संरक्षण लगायतका कार्यक्रमहरूलाई प्राथमिकता राखेको बताए ।
विशेषगरी ब्लड म्यानेजर्स भिक्टिम् जस्ता अभियानमा सहभागी भई आवश्यकतामा परेकाहरूलाई सहयोग पुर्याउने उनको भनाइ छ । समुदायका हरेक सदस्यलाई समेटेर अघि बढी लियो क्लबलाई नयाँ उचाइमा पुर्याउने आफ्नो लक्ष्य रहेको उनले बताए ।