झापा ।
झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क गएराति आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । फर्निचरमा विद्युत सर्ट भएर गएराति १२ बजेको समयमा आगलागी भएको थियो ।
अर्जुनधारा–११ स्थित बसपार्कक मोतीबहादुर खड्काको टिनको छानो र घेराबारा भएको एक तले घरमा सञ्चालन गरेको खड्का फर्निचरमा बिद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीको सूचना प्राप्त हुन साथ अस्थाई प्रहरी पोष्ट बसपार्क तत्काल प्रहरी टोली गएको थियो । प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल र स्थानियवासीको सहयोगमा राति १२ः३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
उक्त आगलागीबाट फर्निचरमा रहेको काठ चिर्ने मेसिन एक थान र काठपातहरु पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।