लक्ष्मीपुर ।
दहिझोडा सामुदायिक बन उपभोक्ता समुहले बृक्षारोपण अभियान शुरु गरेको छ । झापाको अर्जुनधारा नगरपालिका–४ मा रहेको समुहको कार्यालयले असार १४ देखि १७ गतेसम्म बृक्षारोपण अभियान शुरु गरेको हो ।
बन समुहले दुई हजार पाँच सय बिभिन्न फलपूmल जातका बिरुवा रोप्ने अध्यक्ष देवराज बुढाथोकीले जानकारी दिए । बन समुहले शनिवार बनको ब्लक नं. १ स्थित रिचार्ज पोखरीको तिरतिरे धारा भन्ने स्थानबाट फलफूलका बिरुवा रोपेर अभियान शुरु गरेको छ ।
बन समुहमा हाल दुई हजार बिभिन्न जातका बिरुवा उपलब्ध भएको र जिल्ला वन कार्यालयले बास र आउटेङ्गा जातका बृक्षा र उपभोक्ताहरुले केराका बिरुवा दिने भएको बताउँदै अध्यक्ष बुढाथोकीले त्यसलाई पनि ल्याएर रोपिने बताएका छन् ।
बनमा फुफूलका बिरुवा रोप्दा मानव र हात्तीबिचको दन्द्ध कम हुने भएकाले फुलफूलका बिरुवा रोपिने अध्यक्ष बुढाथोकीले बताएका छन् ।
यस बर्षको कटानमा ७४ वटा बृक्षा कटान गरेको बताउँदै अध्यक्ष बुढाथोकीले बन र राज्यको नियम अनुसार सामुदायिक बनको हितका लागि एक हजार ८५० वटा रोप्नु पर्ने भएकाले त्यसलाई निरन्तरता दिने बताए ।
बन समुहका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बन महासंघ अर्जुनधारा नगरका अध्यक्ष भानु श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । बृक्षारोपन कार्यक्रममा मानव हात्ती दन्द्ध न्यूनिकरणका अध्यक्ष ढुण्डीराज गौतम, बन समुहकी सचिव चन्द्रकुमारी बुढाथोकी, धनबहादुर तामाङ, बन समुहका पधिकारी, सदस्य, कमैचारीलगायतको उपस्थिति रहेको थियो ।