झापा । 

देशका विभिन्न ठाउँमा रातिदेखि नै बर्षा भइरहेको छ ।  राति सिन्धुपाल्चोक र बागलुङमा भेलबाढी आउने गरी ठूलो पानी परे पनि अहिले भने रोकिएको छ । डडेलधुरा, कैलाली, नवलपरासी, चितवन, धनकुटा, झापा लगायतका ठाउँमा भने अहिले पनि पानी परिरहेको छ ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमाल्का देखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ।

आज राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमाल्का देखि मध्यम वर्षा’हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  ठूलो वर्षाका कारण ती ठाउँमा भूक्षय, बाढी, पहिरो, डुबान तथा गेग्य्रान बहावको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।