बिर्तामोड । 

जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

अध्यक्ष हरिचरण सिवाकोटीको अध्यक्षता र फाउन्डेसनका केन्द्रीय सदस्य चिन्तन पाठकको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।‌ नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६० जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले विश्व राजनीतिमा मदन भण्डारीको विचार सधैँ बाँचिरहने बताएको कार्यक्रम संयोजक गणेश पोखरेलले जानकारी दिए ।