सुरुङ्गा ।
लायन्स क्लब अफ कनकाई सुरुङ्गाको अध्यक्षमा मानबहादुर दाहाल (कुमार) चयन भएका छन् । क्लबको बिहीबार सुरुङ्गामा सम्पन्न नवौ वार्षिक साधारणसभा तथा अधिवेशन बाट लायन्स क्लब अफ कनकाई सुरुङ्गाको आगामी बर्ष २०२५÷०२६ को अध्यक्षमा दाहाल सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै प्रथम उपाध्यक्षमा लायन पन्कज खड्का, द्वितीय उपाध्यक्षमा लायन राजकीशोर चौधरी र तृतीय उपाध्यक्षमा लायन शिवशंकर महाशेठ, सेक्रेटरीमा लायन लता चिमरिया, ट्रेजररमा लायन डम्बर थापा साजन, क्लब एड्मिनिस्टेटरमा लायन विवेक शिवाकोटी र जोइन्ट सेक्रेटरीमा लायन अभिषेक पोखरेल चयन भएका निर्वाचन समिति संयोजक तथा क्लबका पूर्व अध्यक्ष मनोज बस्नेतले जानकारी दिए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा भाइस डिस्ट्रीक गभर्नर इलेक्ट कार्यक्रमका प्रमुख अतिथि लायन लीलाप्रसाद चिमरियाले क्लबका पूर्व अध्यक्ष लायन रुपनारायण खतिवडा (रमेश) साथै उनको टिमले आफ्नो कार्यकालमा गरेको कामको प्रसंशा गरेका थिए ।