बिर्तामोड । 

झापाको बिर्तामोडमा लुक्स केनल एण्ड फिस मार्ट सञ्चालनमा आएको छ । शुक्रबार एक संक्षिप्त कार्यक्रमका बिच मार्टको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले उद्घाटन गरेका हुन् । उक्त मार्ट युवराज दाहालले सञ्चालनमा ल्याएका हुन् । 

८० लाखको लागतमा सञ्चालनमा आएको मार्टमा घरपालुवा कुकुर, चरा, एक्वेरियम उपलब्ध हुनेछ । कुकुर, चरा, बिरालो र माछाका लागि आवश्यक सम्पूर्ण खाद्यान्न, औषधि र एक्सेसरिज उपलब्ध हुने बताइएको छ । 

उद्घाटन कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, महासचिव कुशल खतिवडा, कोषाध्यक्ष युवराज निरौलालगायत उपस्थित थिए ।