झापा ।
झापाबाट २ केजी गाँजासहित दुई जना पक्राउ परेका छन् । करिव २ केजी गाँजासहित अर्जुनधाराका दुई जना पक्राउ परेका हुन्।
बिहीवार ४ः३० बजेको अर्जुनधारा नगरपालिका–६ पुष्पलाल चौककी अन्दाजी ५९ की अमृतमाया लिम्बूको घरमा लागूऔषध गाँजा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले लिम्बुको घर खानतलासी गर्दा एक केजी ८८२ ग्राम र इलाम १२ स्यानाङ्बा घर भई हाल अर्जुनधारा–१ स्थित निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्ने अन्दाजी २० बर्षिय रोशन भट्टराईको साथबाट ६ ग्राम ६३० मिलिग्राम गाँजा बरामद भएको हो ।
गाँजासहित दुबैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।