शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकाले प्रत्येक बर्ष मनाउँदै आएको धान दिवस यस बर्ष पनि मनाउने भएको छ । नगले असार १५ गते विहान ९ बजेदेखि बिभिन्न कार्यक्रमसहित ‘२२ औं राष्ट्रिय धान दिवस मनाउन लागेको हो ।  

नगरको कृषि शाखाले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मनाउने भएको छ । ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने मुल नाराका साथ धान दिवस मनाउन लागिएको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको सचिवालयले जनाएको छ । 

नगर भित्रका कृषक, कृषक समुह, कृषि सहकारी, कृषि फर्म, कृषिमा आवद्ध संघ सस्था, संस्थागत र सामुदायिक विद्यालयहरु, तथा सम्पूर्ण सरोकारवाला निकायहरुको सहभागीतामा अर्जुनधारा–११ सालवाडीस्थित महारानिगञ्ज माध्यमिक बिद्यालय पश्चिम पट्टी हुने कृषि शाखाले जनाएको छ । 

उक्त अवसरमा उत्कृष्ट कृषक तथा निबन्ध लेखन प्रतियोगितामा सफल भएका सहभागीहरुलाई सम्मानसमेत गरिने नगरको सचिवालयले जनाएको छ ।