हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाको आयोजनामा सञ्चालित गरिबी न्युनिकरणका लागि लघु उधमी विकास कार्यक्रम अन्तर्गत सञ्चालन भएका विभिन्न तालिमहरू एकसाथ समापन भएका छन्।
लघु उधमी तालिम अन्तर्गत ६ जनाले सिलाइ कटाई, ५ जनाले व्युटीसियन, १५ जनाले कृष्टल माला बनाउने र ७ जनाले वार्पिङ्ग ड्रम तालिम लिएका थिए।
हल्दीबारी गाउँपालिक उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा आज (बिहीवार) समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर (महेन्द्र) कार्यपालिका सदस्य भगिरथा दाहाल, योजना शाखा प्रमुख राजन न्यौपाने, सिटिज्नस बैङ्क हल्दीबारीका प्रमुख भोला शंकर शाह, कर्जा प्रमुख मिलन तिवारी, भिन्न भिन्न तालिमका प्रशिक्षकहरू र प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।