बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा उपसमिति गठन कार्यलाई तीब्रता दिइएको छ । आम व्यवसायीका समस्यहरु स्थानीय स्तरमै समाधान र व्यवसायी एकताका लागि बिर्तामोड उद्योग वााणिज्य संघले उपसमिति गठन गर्दै आएको छ । सोही क्रममा बुधवार कुमार सिटौलाको संयोजकत्वमा शनिश्चरे रोड– महानन्द चौक व्यावसायी उपसमिति गठन भएको छ ।

बिर्तामोड उद्योग वााणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको व्यवसायीहरुको भेलाले उपसमिति गठन गरेको हो । गठित  समितिको सह संयोजकमा निरज चुडाल, सचिव भानुभक्त खनाल, सहसचिव चेतन जाजोडिया र कोषाध्यक्षमा राजेश पौडेल रहेका छन् ।

समितिको सदस्यहरुमा विष्णुप्रसाद घिमिरे, देवरााज घिमिरे,मित्र घिमिरे, छविलाल गहतराज, जानुका श्रेष्ठ, विनु कट्टेल,तोया गौतम, सहनुवाज अन्सारी, विनोद पाण्डे, दिवस दाहाल, पुष्यप्रसाद कोइराला, याम ढुङ्गाना, प्रल्हाद कोइराला, नवराज पौडेल, सुरज चौधरी रहेका छन् ।

त्यस्तै भुपेन्द्र खनाल, प्रवेश शिवाकोटी, संदिप प्रसाई, मदन चापागाई गौरीशंकर यादव, डम्वर भण्डारी, उज्ज्वल खड्का, सन्तोष बस्नेत,  सन्दिप ढकाल, कमल श्रेष्ठ, टंक खनाल रहेका छन् । बिर्तामोड उद्योग वााणिज्य संघका उपाध्यक्ष जीवन खड्काले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

व्यवसायीको सोही भेलाले ३१ सदस्यीस सल्लाहकार समिति समेत गठन गरेको  छ । गठित सल्लाहकार समितिमा चेतामणि खनाल, कमल बराल, पवन केडिया, निरज ओली, सीताराम संग्रौला, नरेन्द्र वराल रहेका छन् ।

त्यस्तै जगत तिवारी, चण्डीराज कोइराला, नरेन्द्र शंकर, नारायण चिमरिया, राजन अधिकारी, सीके ढकाल, चन्द्र प्रसाई, तुलसी उप्रेती, दिपक पाठक, वेदप्रकाश अग्रवाल, रोम भट्टराई, विक्रम राजभण्डारी, राजेन्द्र खरेल सल्लाहकार समिति सदस्यका रुपमा चयन भएका छन् ।

त्यस्तै सल्लाहकार समिति सदस्यमा रुपमा विष्णु निरौला, खगेन्द्र खरेल, ख्याम भण्डारी, टीकाराम नेती, चरेन्द्र चेम्जोङ्ग,गीता वस्नेत, वशन्त विष्ट, झलक खत्री, कमल कार्की, संजिव गोम्देन, होम प्रसाद ढकाल  र विवेक निरौला चयन भएका छन् । सोही अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघले फोहोर व्यवस्थापनका लागि १० थान डस्विन नव गठित उपसमितिलाई प्रदान गरेको छ ।