झापा । 

झापाबाट चार जना लागू औषधसहित पक्राउ परेका छन् । आज (बुधवार) दिनको २ बजेको समयमा एउटा सवारी साधनसहित चार जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ का ३१ बर्षिय साजन तामाङ, स्थानका ३० बर्षिय सजिन लामा, ३३ बर्षिय दिपेश लामा र नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २३ बर्षिय राम तामाङ  रहेका छन् । 

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–७ आनि मार्गमा बा.प्र. ०१-०२५च ०८७७ नं. को ह्युन्डाई कम्पनिको क्रेटा कारलाई राकेर चेकजाँच गरेका थियो । 

कारमा लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाइलो पदार्थ २०० ग्राम ३९० मिलिग्रामसहित कार र उनीहरुले प्रयोग गर्ने मोबाइल समेत बरामद गरि नियन्त्रणमा लिइएको हो । 

उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन् २०३३ बमोजिम कसूरको अनुसन्धानको लागि आजै जिल्ला अदालत झापामा उपस्थित गराएर ७ म्याद थप भई जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यसैगरी प्रहरीले आर्थिक बर्ष २०८१/०८२ मा २४०५ ग्राम १६५ मिलिग्राम लागूऔषध नियन्त्रणमा लिएको जनाएको छ । 

p1