शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकामा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । अर्जुनधारा नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा आज (बुधवार) सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम भएको हो । अर्जुनधारा नगर  सामाजिक विकास समितिका संयाेजक काैशीलाल परियारको अध्यक्षतामा भएको कार्यक्रममा नगरकी उप–प्रमुख खड्गमाया पराजुलीको आतिथ्य रहेको थियो । 

कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत प्रमुख प्रशासकीय अधिकृत तीलचन रिमालले गरेको अन्तरक्रिया कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा प्रहरी सहायक निरिक्षक प्रदीप आले मगरले गरेका थिए । 

कार्यक्रमको सहजीकरण गर्दै प्रहरी सहायक निरिक्षक मगरले लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारमा अर्जुनधारा नगर झापाका १५ पालिका मध्ये दोस्रो नम्बरमा रहेको जानकारी दिएका थिए । उनका अनुसार पहिलो बिर्तामोड र तेस्रोमा मेचीनगर हो । 

कार्यक्रममा दशिझोडा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष देवराज बुढाथोकी, खुदुनाबारी सानाकिसान कृषि सहकारीका उपाध्यक्ष विष्णुलाल ढकाल, च्यारिटी युथ क्लवका प्रतिनिधि विष्णुप्रसाद खतिवडा, जलेश्वर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पुनम सुवेदी, शनिश्चरे प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक नेत्रप्रसाद चम्लागाई, कार्यपालिका सदस्य विमाला रोक्कालगायतले आ–आफ्ना भनाई राखेको नगरकी उद्यम विकास सहजकर्ता सुलोचना भट्टराईले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखाकी कर्मचारी पुष्पा पौडेलले गरेकी थिइन् । 

  • सामुदायिक बन उपभोक्ता महासंघ अर्जुनधारा नगरले बुझायो ज्ञापनपत्र 

सोही कार्यक्रमका बिच सामुदायिक बन उपभोक्ता महासंघ अर्जुनधारा नगर समितिले ज्ञापनपत्र बुझाएको छ । बनले नगरपालिकालाई तिर्ने कर मुक्त गरिदिनसहित बिभिन्न मागको ज्ञापनपत्र बुझाएको हो । महासंघका नगर अध्यक्ष भानु श्रेष्ठ, सदस्य टेकनाथ अधिकारीसहित पदाधिकारी तथा सदस्यले नगर उप–प्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत तीलचन रिमाललाई ज्ञापनपत्र बुझाएका हुन् । 

महासंघले गर्ने गरिवी न्यूनिकरण, पर्यापर्यटन, बन उद्यम, महिला सशक्तीकरणजस्ता कार्यक्रममा नगरको साझेदारी अर्थात ५०/५० प्रतिशतमा गर्न ज्ञापनपत्रमा मागसमेत गरिएको छ ।