झापा । 

झापाबाट लागू औषध मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । आज (मंगलबार) जिल्ला प्रहरी कार्यालय झापाको फैसला कार्यन्वयन टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ बैसावाडीका ४१ बर्षिय चित्र सिह राजवंशी रहेका छन् । 

फरार रहेका राजवंशीलाई लागत नम्बर ८/२७३१ झापा जिल्ला अदालत झापाको मिति २०७९/१२/२६ गतेको फैसलाले ५ बर्ष कैद पाँच हजार रुपैयाँ जरिवाना  तोकेको थियो । 

राजवंशीलाई लुकिछिपि बस्दै गरेको अवस्थामा उनकै घरबाट पक्राउ गरि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।