झापा ।
बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा थप २१ हजार रुपैयाँ जम्मा भएको छ । बिर्तामोडका युवा व्यवसायी श्याम श्रीवास्तवले कोषको रकम वृद्धिका लागि २१ हजार रुपैयाँ प्रदान गरेका हुन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर सो रकम प्रदान गरेका थिए ।
उनले बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेलाई सो रकम प्रदान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमका बीच श्रीवास्तवले उक्त रकम प्रदान गर्दै आफ्नो बैवाहिक वर्ष गाठमा समेत ३० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजु, उद्योग उपाध्यक्ष विशाल थापा, सचिव राजकुमार शाह ,पुकार वराल, युनिकम नेपालका अध्यक्ष गजेन्द्र पौडेल लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन संघका उपाध्यक्ष जीवन खतिवडाले गरेका थिए ।