झापा ।
झापाको अर्जुनधारा नगरपालिका–६ स्थित माता मन्दिर छेउमा आगलागी भएको छ । सोही स्थान बस्ने कृष्ण तिमल्सीनाको भान्सा घरमा आज (सोमबार) ११ः३५ बजेको समयमा आगलागी भएको हो ।
तिमल्सीनाको भान्सा घरमा रहेको ग्याँसको सिलिण्डर लिक भई ग्याँसको रेगुलेटरमा आगो लागेको थियो । स्थानियवासी, प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा १२ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
उक्त आगलागीबाट सोही भान्सा घरमा रहेको एउटा फ्रिज, एउटा दराज र एउटा ठेकी जलेर नष्ट हुँदा ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।