झापा । 

झापाको बिर्तामोड नगरपालिका–८ स्थित शुक्रवारे टोलमा तीन चार वटा जंगली हात्तीको समुहले तीन वटा घरमा क्षति पुर्याएको छ । आज बिहान ४ बजेको समयमा वस्ती पसको हात्तीको समुहले स्थानीय तीन घरमा क्षति पुर्याएको हो । 

बिर्तामोड–८ स्थित शुक्रवार टोलका ५५ बर्षिय सुफल मनीको बासको टाँटी बेरा भत्काउँदा १० हजार क्षति भएको थियो भने सुफल मनि भाग्ने क्रममा अनुहारमा सामान्य चोट लागेर उपचारको प्रदेशिक अस्पताल भद्रपुर उपचारको लागि गएका र उनको अवस्था सामान्य रहेको छ ।

त्यस्तै सोही स्थानका ५६ बर्षिय कृष्णप्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काउँ ५० हजार रुपैयाँको क्षति भएको र सोही स्थानकी ४३ बर्षिया शिवकुमारी मगरको आँगनमा राखिएको, भकारीबाट अन्दाजी १०० किलो चामल ५० हजार रुपैयाँ बराबरको खाएर क्षति पुर्याएको थियो । उक्त क्षतिसँगै हात्ती देउनिया खोलातर्फ गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।