- रन्जित परियार
बुट्टाबारी ।
तमु प्ये ल्हु संघ जिल्ला समिति झापाको अध्यक्षमा रामकुमार ल्हेंगे तमु चयन भएका छन् । संघको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट रामकुमार अध्यक्षमा चयन भएका हुन् । समितको वरिष्ठ उपाध्यक्षमा केदार घले, उपाध्यक्षमा शान्ता क्रोम्छें तमु, सचिवमा गणेश क्रोम्छें तमु, (रन्जित), सह–सचिवमा ममता तमु,,कोषाध्यक्षमा नर कुमार प्हच्यु तमु र सह–कोषाध्यक्ष इन्द्र भुच्जा तमु चयन भएका छन् ।
यसैगरी सदस्यमा रनबहादुर रिह्ला तमु, सविना ल्हेंगे तमु, रण बहादुर प्हच्यु तमु, विकाश भुच्जा तमु, धन बहादुर प्हच्यु तमु, धन बहादुर ल्हेंगे तमु, प्रकृति रिह्ला तमु, उषा रिह्ला तमु, खेम ल्हेंगे तमु र टिकाराम ल्हेगे तमु चयन भएका छन् ।
तमु (गुरुङ) जातिको आफ्नो मौलिक भेष–भुषा, भाषा, संस्कार, संस्कृति पहिचान एबं तमु प्ये ताँ ल्हु ताँ को संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन बिकास र सामाजिक सेवाको निम्ति स्थापित तमु प्ये ल्हु संघ, जिल्ला समिति झापाको गत जेष्ठ २४ गते सम्पन्न साधारणसभा तथा अविवेशनबाट आगामी दिन बर्षे कार्यकालका लागि समिति चयन भएको बताइएको छ ।
संघका अध्यक्ष रामकुमार ल्हेगे तमुको अध्यक्षतामा दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय निबर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक हितकाजी टु क्ल्हेप्री तमु ज्युको प्रमुख आतिथ्यमा रहेको रहेको थियो ।
कार्यक्रममा अतिथिहरु सामाजिक ब्याक्तित्व जगतबहादुर मगर, सुजन ल्हेगे तमु, हर्क योज तमु, रामकुमार ल्हेगे तमुलगायतले कार्यक्रम तथा नवगठित समितिलाई कार्य सफलता एवम् शुभकामना व्यक्त गरेका थिए । स्वागत उपाध्यक्ष चन्द्र प्हच्यु तमुले गरेको कार्यक्रमको सहजीकरण सचिव गणेश क्रोम्हे तमु (रन्जित) ले गरेका थिए ।