झापा ।
कोशी, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज भारी वर्षाको पनि सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।
कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (सोमबार) पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोले बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले वैमा आग्रह गरेको छ ।