झापा ।
झापाको कमल गाउँपालिका–५ स्थित रतुवा पुलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति ९ः३० बजे मे १ ख ३३१८ नम्बरको ट्रक र मे ९ प ८९०४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर हुँदा दुर्घटना भएको थियो ।
सो ट्रकमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ३० बर्षिय सुशिल राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि निम्स अस्पताल दमकमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो ।
बीएण्डसी अस्पताल लैजाने क्रममा दमक–६ गणतन्त्र चोकमा आफन्तले मृत्यु भईसकेको भन्ने शंका लागेर पुनः निम्स अस्पताल दमकमा पुर्याउना साथ गएराती ९ः ५५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
मृतकको शव तत्काल दमक अस्पतालमा रहेको प्रहरीले जनाएको छ। ट्रक र ट्रक चालक अर्जुनधारा नगरपालिका–७ का ५३ बर्षिय रघुनाथ सिटौला प्रहरी नियन्त्रणमा रहेको साथै घटनाको बिषयामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।