दुर्गापुर ।

 झापाको कनकाई नगरपालिका–७ ले  वडामा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई साईकल वितरण गरेको छ।वडाका सामुदायिक विद्यालयमा अध्यनरर आदिवासि जनजाति विद्यार्थीहरुलाई शुक्रबार वडा कार्यलयमा एक संक्षिप्त कार्यक्रमका बिच साईकल वितरण गरिएको हो।

आदिवासि जनजाति महासंघ वडा समन्वय  समिति तथा  वडाका १० वटै टोलको  सिफारिसको आधारमा वडामा रहेका  सामुदायिक विद्यालयमा अध्ययरत १२ जना छात्र–छात्रालाई साईकल वितरण गरिएको वडाध्यक्ष भीष्मभुषण सिटौलाले जानकारी दिए। 

६ हजार भन्दामाथि जन संख्या र ११ सय ९४ घर धुरी रहेको वडाले पहिलो प्राथमिकतामा कृषक, जेष्ठनागरिक, गरिब तथा विपन्न, महिला, विद्यार्थी, युवा वर्ग सबैलाई समेटेर बजेट बिनियोजन गरेसँगै सबैलाई स्वरोजगार बन्दै जाने वातावरण मिलाउदै आएको वडाध्यक्ष सिटौलालले जानकारी दिए । वडाले महिला ,दलित, अल्पसंख्यक तथा पिछडिएको वर्गका लागि पनि सीपमूलक तालिम दिएको उनले बताए । 

यता नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले  नगरपालिकाले कृषि  उत्पादनमा नै जोड दिदै नगरका सबै वडामा पहिलो प्राथमिकता राखेको बताएका छन् । उनले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनुका साथै अग्र्यानिक कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको बताए।

करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरमा सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको छ । जसका लागि कृषकलाई खेती गर्न सहज हुने वातावरण निर्माण गरिरहेका छ । कृषिको माध्यमबाट आयात प्रतिस्थापनसँगै स्वरोजगार बन्न सकिने भएकाले पनि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको नगर प्रमुख  पोखरेलले बताए।