झापा ।
झापाको दमक नगरपालिका–५ सृष्टी टोलबाट लागू औषधसहित चार जना पक्राउ परेका छन् । दमक–५ सृष्टी टोलस्थित देवु गडर्तौलाको टाडे घरको भुई तलाको कोठामा डेरा गरी बस्ने उनीहरुलाई शुक्रवार साँझ ८ बजे प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौरादह नगरपालिका–४ धोबिने घर भई हाल दमक–५ बस्ने २४ बर्षिय अनुभव दर्नाल, दमक–१ संगम चोकका २६ बर्षिय सुरज कुमाल, दमक–६ पुरानो बजारका २९ बर्षिय सुमन दर्जी र दमक–७ पुरानो शब्जी लाईनका ३४ बर्षिय बिर बहादुर पौडेल रहेका छन् ।
गौरादह–४ धोबिने घर भई दमक–५ बस्ने अनुभव दर्नाल लगायतका उक्त स्थान कोठामा भेला जम्मा भई लागूऔषधको बिक्री बितरण गरीरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुले नियन्त्रणमा लिएको हो ।
प्रहरी उक्त कोठामा पुग्दा कोठा भित्र भुईमा लागूऔषध र नगद समेत राखेर सबै जना भई ट्याप्लेट तथा खैरो हेरोईन जस्तो देखिने पदार्थ समेत मिलाउदै गरेको अवस्थामा फेला पारी तत्काल उनीहरुहरुलाई कानुन बमोजिम तलासी लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु र उक्त कोठाबाट प्रतिबन्धित औषधि Tramadol Hydrochloride Capsules IP 50 mg लेखेको ८० पत्ता ८०० क्याप्सुल र anargan -35 लेकिएको ८० पत्तामा ८०० चक्कि, खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ५५० मिलिग्राम र बिभिन्न दरका नेपाली रुपैयाँ १० हजार ५०० फेलापारी बरामद गरिएको छ । उनीहरुलाई प्रतिबन्धित लागस्औषधसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।