झापा ।

झापासहित कोशी प्रदेशभर ट्राफिक सप्ताहको शुभारम्भ भएको छ । ‘सुरक्षित यात्रा हामी सवैको चाहना, सबैले गरौ ट्राफिक नियमको पालना’ भन्ने मुल नाराका साथ कोशी प्रदेशमा ट्राफिक सप्ताहको शुभारम्भ भएको हो । 

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा  नेपाल प्रहरी राजमार्ग  सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ । आज (शुक्रवार) प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बिर्तामोडमा भएको शुभराम्भ कार्यक्रममको बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले उद्घाटन गरेकी हुन् । कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघसहित बिभिन्न सामाजिक संघसंस्था, बिद्यार्थीलगायतको  प्रभात फेरी र्‍याली गरेका थिए । 

यसैगरी विराटनगरस्थित महेन्द्र चोकबाट प्रभात फेरी र्‍याली सुरु भई विराटनगरको सिटी हलमा पुगेर एक कार्यक्रमको आयोजना बिच ट्राफिक सप्ताहको शुभारम्भ भएको हो । निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीको अध्यक्षता तथा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा  शुभारम्भ भएको थियो । 

 कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले  सचेतना मुलक श्रव्यदृश्य सामाग्री ‘सुरक्षित यात्रा’ को औपचारिकरुपमा अनावरण गर्नुका साथै सार्वजानिक यात्रु वाहक बसमा यात्रुहरुको गुनासो तथा सुझावको लागि  क्युआर कोडको स्टिकर समेत टाँस गरेका थिए । 

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागी ट्राफिक प्रहरीलाई आवश्यक श्रोत साधन उपलव्ध गराउन कोशी प्रदेश सरकार तत्पर रहेको बताउँदै सवारी दुर्घटना न्यूनिकरणमा प्रदेश स्तरिय ट्राफिक सप्ताहले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

यसै गरी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले ट्राफिक सप्ताहको शुभकामना सहितको मन्तव्य राखेका थिए भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक संतोष श्रेष्ठले स्वागतसहित साथै ट्राफिक सप्ताहको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा निमित्त कोशी प्रदेश प्रहरी प्रमुख गोबिन्द्र अधिकारीले ट्राफिक सप्ताहको सफलताको शुभकामनासहित धन्यवाद दिएका थिए । 

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्की, आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रामप्रसाद आचार्य, पूर्वि पृताना हेडक्वाटर सुनसरीका सहायक रथी गौरवकुमार रेग्मी, सशस्त्र प्रहरी वल बराहबाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुन्धान कार्यालय धरानका अनुसन्धान निर्देशक ईन्द्रसिं लामा लगायत  प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी, पूर्व प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधीहरु, ‍यातायात व्यवसायीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, संचारकर्मीहरु, नागरीक समाज, संघ संस्थाका प्रतिनिधिहरु, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि आजकै  मितिबाट एकैसाथ कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ भने एक सातासम्म जिल्लाहरुमा बिभिन्न  ट्राफिक सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरी ट्राफिक सप्ताह सम्पन्न हुने छ ।