झापा ।
झापा गाउँपालिका–४ चौधरी टोलस्थित हुलाकी सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज (शुक्रवार) ११ः३५ बजे पन्थपाडाबाट झापा वजारतर्फ जाँदै गरेको अन टेष्ट अपाची मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना मध्ये दुई जना गम्भीर घाइते भएका थिए भने एक जना सामान्य घाइते भएका थिए । दुर्घटनामा चालक सोही स्थानका २४ बर्षिय इनरुल भन्ने फकिर अलिको टाउको लगायत शरिरको बिभिन्न भागमा चोट लागेर अवस्था गम्भिर र पछाडी सवार सोही स्थानका २२ बर्षिय साहिदुल हकको टाउकोलगायत शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर रहेको थियो ।
उपचारको लागि बीएण्डसी अस्पताल पठाईएकोमा उपचारको क्रममा साहिदुल हकको १२ः ५५ बजे मृत्यु भएको भएको हो । सोहि मोटरसाइकल पछाडी सवार सोही स्थानका २१ सोहिल मियाको टाउको लगायत शरिरको बिभिन्न भागमा चोट, अवस्था सामान्य रहेको थियो । उनको विर्तासिटि अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
उक्त स्थानमा प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी टोली गएर मोटरसाइकल नियन्त्रणमा लिई प्रहरी चौकी टाघनडुब्बामा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।