झापा ।
झापाको मेचीनगर नगरपालिका–१ दुर्जन चोकमा जंगली हात्तीको आक्रमणबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । गत असार २ गते बिहान अन्दाजी ४ः३५ बजेको समयमा हात्तीको आक्रमणबाट घाइते भएका ६८ बर्षिय पुर्णबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
गत असार २ गते श्रेष्ठको ८ सय मिटर टाढा रहेको आफ्नै बारीमा एउटा जंगली हात्ती देखेर लखेट्ने क्रममा उक्त हात्तीले आक्रमण गरेर घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याएर उपचार भइरहेको थियो ।
बाहिरी चोट नदेखिएको अवस्था बोल्न नसक्ने गम्भीर भन्ने खबर सोही दिन ५ः३० बजेको सयमयमा प्रहरी चौकी तिरिङखोलामा प्राप्त हुनासाथ तत्काल प्रहरी टोली घटना स्थलमा गएको थियो ।
बिहीवार साँझ ५ बजेको समयमा उपचार हुन नसक्ने अस्पतालले जानकारी दिएपछि घाइते श्रेष्ठलाई छोरा तेजबहादुर श्रेष्ठले घरतर्फ लिएर गएका थिए । उनको गएराति ८ः२० बजेको समयमा घरमा पुर्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।