बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा आज (हिीवार) दुई सडक खण्डमा कालोपत्रे कार्य सम्पन्न गरिएको छ। गरामनी–तित्रीडाँगी–मियाबाडी २२० मिटर र मिलडाँडा–हर्चना २२५ मिटर सडकमा कालोपत्रे गरिएको हो।
नगरपालिका र वडा कार्यालयको ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको यी सडकको काम शेर्पा निर्माण सेवाले गरेको हो। यसै योजनाअन्तर्गत वडा नं. ८ को प्रगतीनगर–शंकरबाडी १९० मिटर सडकमा भोलि कालोपत्रे हुने नगर इन्जिनियर साजन राईले जानकारी दिए।
आज पानी परेकाले काम रोकिएको र उक्त सडकको बजेट २५ लाख रुपैयाँ रहेको छ।