बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० अन्तर्गत पर्ने पथरभिट्टा–शिवालय चोक हुँदै कठरडाँगीसम्मको द्रोण मार्ग खण्डको सडक स्तरोन्नति तथा कालोपत्रे कार्य तीव्र गतिमा भईरहेको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग, सहरी विकास आयोजना कार्यालय भद्रपुरको ५८ लाख ७५ हजार २८० रुपैयाँ (भ्याट र पीएस बाहेक) मा ओम साई निर्माण सेवाले करिब ६८० मिटर लम्बाइ र ६.३० मिटर चौडाइ रहेको यो सडक ठेक्का लिएर स्तरोन्नति कार्य भईरहेको हो ।
सडकको प्राविधिक सहित नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अनुगमन गरेका छन् ।