बिर्तामोड ।
बिर्तामोड उद्योग वाणिज्य संघले भुवन घिमिरेको संयोजकत्वमा रुद्र मार्केट उपसमिति गठन गरेको छ ।संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित व्यवसायीहरुको भेलाले घिमिरेको संयोजकत्वमा २१ सदस्यीय रुद्र मार्केट उपसमिति र १० सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । समितिको कार्यअवधि वाणिज्य संघको सरह नै रहने छ ।
उपसमितिको सहसंयोजकमा रोशन विष्ट, सचिवमा पवन गौतम, सह सचिवमा गोविन्द कटुवाल र कोषाध्यक्षमा मुन्ना अन्सारी चयन भएका छन् । उप समितिको सदस्यहरुमा निरज चुडाल, प्रमोद साह, सुप्रिया साह, वुद्ध जमा, अनिल साह, गोविन्द पाण्डे, सुरज भुजेल, मनोज ढुङ्गाना, कुल वहादुर भुजेल, विनु अन्सारी, सुरज साह, जितेन्द्र साह, आस्मा लिम्वू, श्याम पुर्वे र चन्दन साह रहेका छन् ।
यता सल्लाहकार समितिमा राजीव वर्मन, मुर्तजा अन्सारी, प्रमानन्द अग्रवाल, सुमन सेख, महेश लोहार, श्रराम चौधरी, सुरज फुयाल, समिर फुयाल , राहुल अग्रवाल र आमप्रकाश साह रहेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष गोमा भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव कुशल खतिवडाले गरेका थिए । यसैबीच फोहोर व्यवस्थापनका लागि सहयोग पु¥याउने उद्देश्यले संघले रुद्र मार्केट उपसमिति संयोजक घिमिरेलाई डस्विन समेत प्रदान गरिएको थियो ।