झापा ।  

झापाको मेचीनगर नगरपालिका–५ काँकरभिट्टाबाट नकलबन्दाबाट तीन सय केजी भारतीयमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आज (मंगलबार) बिहान ९ बजेको समयमा प्रहरी चौकी नक्कलबन्दाबाट खटिएको प्रहरी टोलीले माछा नियन्त्रण गरेको थियो । 

भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाई छिपाई ल््याउदै गरेको तीन सय केजी माछा खाल्डो खनेर पुरिएको छ । ३०० केजी  उक्त माछाको मूल्य एक लाख २० बाराबर रहेको प्रहरीले जनाएको छ । 

नियन्त्रणपछि उक्त माछा इलाका प्रहरी कार्यालय काँकरभिट्टा ल्याइएको थियो । पशु क्वारेन्टाईन काँकरभिट्टाबाट आएका प्रतिनिधीको रोहबरमा उक्त माछा ९ः५० बजेको समयमा खाल्डो खनेर पुरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।